पोखरा, चैत १७
पोखरामा भोलि स्टार्टअप फेष्टिभल हुने भएको छ । नवप्रवेशी युवा उद्यमीहरुलाई लक्षित गरेर आईसिटी फाउण्डेसनको आयोजनामा भोलि शुक्रबार पोखरामा स्टार्टअप एण्ड आईडिया फेष्टिभल २०२२ हुन लागेको हो । फेष्टिभल पोखराको न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्क्वेटमा हुने जनाइएको छ ।
फेष्टिभल पूर्वाह्न ११ बजेदेखि साँझ ५ बजेसम्म हुने बताइएको छ । सोहि फेष्टिभलमा डिजिटल गण्डकी सम्वादपनि हुने भएको छ । सो सम्वाद कार्यक्रम भने अपराह्न ३ बजेदेखि ६ बजेसम्म हुने आयोजकको भनाई छ ।
फेष्टिभलमा प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ ।
फेष्टिभलको मिडिया पार्टनरको रुपमा एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकम रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,साउन १४जापानको आइची नागोया सहरमा आयोजना हुने २० औँ एसियाली खेलकुदका सहभागी…





