बेगनास तालमा रहेका डुंगा व्यवसायीहरूलाई क्यूआर कोड वितरण गरिएको छ।
नगदरहित कारोबार अभियानलाई निरन्तरता दिँदै सिभिल बैंक र फोनपेको सहकार्यमा हालैमात्र एक कार्यक्रमबीच बेगनास ताल डुंगा व्यवसायी संघमार्फत बेगनास तालमा डुंगा चलाउने २२० डुंगा व्यवसायीहरूलाई क्यूआर कोड वितरण गरिएको हो।
बेगनास तालमा क्यूआर हस्तान्तरणसँगै स्वदेशी तथा विदेशी पर्यटकले मोबाइल बैंकिङमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन्। साथै भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स र वालेटमार्फत समेत रकम भुक्तानी गर्न सक्नेछन्।
यस्तै वाह्य पर्यटकले पनि भिजामार्फत बेगनास तालमा डिजिटल रुपमा रकम भुक्तानी गर्न सक्नेछन्। फोनपेले विदेशी पर्यटकलाई सहज बनाउन केहीदिन अघि मात्र भिजासँग सहकार्य गरेको थियो।
कार्यक्रममा बेगनास ताल डुंगा व्यवसाय समिति अध्यक्ष ढकनाथ कडेँल, फेवाताल डुंगा व्यवसायी समिति अध्यक्ष बुद्धिबहादूर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा सहभागी थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







