पोखरादेखि काठमाडौं जाने र काठमाडौंबाट पोखरा आउने बसका यात्रुले अब ५९१ रुपैयाँ तिर्नुपर्नेछ।
सरकारले सार्वजनिक गाडीको भाडा १५ प्रतिशतसम्म बढाएसँगै काठमाडौं–पोखराको भाडा ५९१ रुपैयाँ पुगेको हो। काठमाडौं–पोखराका लागि यसअघि ५३७ रुपैयाँ भाडा थियो।
यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चैत १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार यात्रुवाहक गाडीको भाडा १० प्रतिशतसम्म बढाइएको थियो।
यस्तै, मालवाहक गाडीको भाडा १५ प्रतिशतसम्म बढेको छ। पहाडमा मालवाहक गाडीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ।
इन्धनको मूल्य बढेको भन्दै यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो। एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालवाहक तथा यात्रुवाहक यातायातमा मात्रै भाडा बढेको विभागले जनाएको छ। अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा त्योअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ।
असारयता डिजलको मूल्य ३४ प्रतिशत बढेको आधारमा अहिले नयाँ भाडा दर तय भएको विभागले जनाएको छ। विभागले स्वचालित भाडा प्रणाली लागू गर्न १३ वटा सूचकलाई आधार बनाएको छ। ती सूचकमध्ये पेट्रोलियम पदार्थको मूल्य हिस्सा ३५ प्रतिशत रहन्छ।
भाडादर सूची अनुसार काठमाडौंबाट पोखरा हुँदै बागलुङ पुग्ने यात्रुले ८०७, पोखरा–काठमाडौं–वालिङ हुँदै भैरहवा पुग्नेले १२ सय १० रुपैयाँ तिर्नुपर्नेछ।
यस्तो छ भाडादर
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।