पोखरा, चैत २७
पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा सदस्य पुष्पराज बराल नेकपा एसमा प्रवेश गरेका छन् । नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित बराल आइतबार नेकपा एसमा प्रवेश गरेका हुन् ।
नेकपा एसका युवा नेता पूर्ण लामाले बरालको नेकपा एसको पार्टी सदस्यता लिएको रसिद सामाजिक सञ्जाल फेसवुकमार्फत सार्वजनिक गरेका छन् ।
बराल नेकपा एसमा प्रवेश भएसँगै नेकपा एसकोपनि पोखरा महानगरमा जनप्रतिनिधि भएको छ । यसअघी नेकपा एसको महानगरमा जनप्रतिनिधि शून्य थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





