आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका कास्कीको रुपा गाउँपालिका अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङलाई सिफारिस गरेको छ।
एमाले रुपाले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष उमेदवार दोहोराउने निर्णय गरेको हो।
मंगलबार बसेको रुपा गाउँपालिका कमिटीको बैठकले वर्तमान अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुब्बा गुरुंगलाई पुनः उम्मेदवार बनाउने भएको हो।
बैठकले ओझा र गुरुङलाई अध्यक्ष र उपाध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरी जिल्ला कमिटीमा नाम सिफारिससमेत गरिसकेको छ। २०७४ को चुनावमा गाउँपालिका अध्यक्षमा एमालेका नवराज ओझा र उपाध्यक्षमा एमालेकै लालसुब्बा गुरुङ विजयी भएका थिए।
गत निर्वाचनमा ओझाले ४ हजार २०५ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रकाशमोहन खनालले ३ हजार ३०५ मत पाएका थिए।
उपाध्यक्ष गुरुङले ४ हजार १३ मत ल्याएर विजयी भएकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी उम्मेदवार गिकुमारी गुरुङले ३ हजार ४ सय ५६ मत ल्याएकी थिइन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





