कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकमा बिरामी परेका एक आन्तरिक पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
पदयात्राका क्रममा लेक लागेर बिरामी परेका नवलपरासीको बर्दघाट नगरपालिका निवासी २५ वर्षीय रश्मी पुनलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल ल्याइएको हो । पदयात्राका क्रममा आज बिहान अचानक लेक लागेर अस्वस्थ भएपछि उनलाई सिम्रिक एयरको हेलिकप्टरबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
पुनको अहिले उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम खालको रहेको उनले बताए । कोरीलगायत यस क्षेत्रका उच्च पहाडी भेगमा पदयात्राका लागि जाने पर्यटकमा लेक लाग्ने समस्या देखिने गरेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकमा बिरामी परेका एक आन्तरिक पर्यटकको हेलिकप्टरमार्फत…







