पोखरा, बैशाख ५
पोखरामा रहेको बेबील्याण्डले २८ औं वार्षिकोत्सव मनाएको छ । बेबील्याण्डले स्थापनाको २८ औं वार्षिकोत्सव सोमबार एक औपचारिक कार्यक्रम गरेर मनाएको हो । कार्यक्रममा २८ औं वार्षिकोत्सव लेखिएको केक काटेर सेलेब्रेसन गरिएको थियो । सो अवसरमा युवा उद्यमी मञ्च पोखराका अध्यक्ष सुनिलबहादुर भट्टराई, बेबील्याण्डका संरक्षक आमा बुद्धलक्ष्मी बज्राचार्य, फाउण्डर प्रदीप बज्राचार्य र उनकी श्रीमती रत्नाभूमि बज्राचार्यले संयुक्त रुपमा केक काटेर सेलेब्रेसन गरिएको हो । वार्षिकोत्सवको अवसरमा बेबील्याण्डलाई ध्वजापताका र बलुनले दुलही झैं सजाइएको छ ।

बालबालिकाहरुको हरेक प्रकारका सामानहरुको विशेष ब्राण्ड स्टोरको रुपमा ‘बेबील्याण्ड’ २०५१ साल बैशाख ५ गते सञ्चालनमा आएको थियो । ‘बच्चाहरुको खुशी नै परिवारको खुशी’ मुख्य नारासहित नेपालको व्यवसायीक क्षेत्रमा नया ढंगले केहि नयापन दिने उद्देश्यसहित सञ्चालनमा आएको बेबील्याण्डको पोखराको न्यूरोडमा रिटेल स्टोर, सिद्धार्थचोकमा प्ले शो–रुम तथा काठमाडौंको बालाजुमा ‘बेबील्याण्ड अनलाईन’ अफिस सञ्चालनमा रहेको छ ।
वार्षिकोत्सव कार्यक्रममा बोल्दै बेबील्याण्डका फाउण्डर प्रदीप बज्राचार्यले ‘बेबील्याण्ड’ नेपालको पहिलो र एकमात्र ट्रेडमार्क रजिस्टर्ड कम्पनी भएको बताए । उनले निकट भविष्यमा कम्पनीलाई ब्राण्डिङ गर्नुका साथै काठमाडौंमा स्टोर खोल्ने योजना रहेको सुनाए ।

२८ औं वार्षिकोत्सवको अवसरमा बेबील्याण्डले गत चैत २० गतेदेखि २०७९ साल बैशाख ५ गतेसम्म चिप्लेढुंगा र न्यूरोड आउटलेटमा ‘बेबील्याण्ड कार्निभल–२०७९’ आयोजना गरेको थियो । यस अवसरमा बेबील्याण्डमा सपिङ गर्दा २५ प्रतिशत छुट, चकलेट, आइसक्रिम, गेम, बेलुन, फोटोसुटलगायतका सुविधा दिइएको फाउण्डर बज्राचार्यले जानकारी दिए । साथै बेबील्याण्ड मल अनलाईनमा सपिङ गर्नेलाई निःशुल्क डेलिभरी सुविधा दिइएको उनले बताए ।
बेबील्याण्डमा जन्मेदेखी १२ वर्षसम्मका बालबालिकाका लागि फेसनेबल लुगा, जुत्ता, खेलौना, साइकल, ट्राइसाइकल, वाकर, बेड, झोलुङ्गा, स्ट्रोलर, इलेक्ट्रिकल कार, जीप, बाइकलगायतका सम्पूर्ण सामानहरु पाइने ब्रजाचार्यले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







