नबिल बैंकको शाखा मालेपाटनमा


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०७९ मा प्रकाशित




पोखरा । नबिल बैंक लिमिटेडले मालेपाटनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

शाखाको आइतबार पोखरा महानगरपालिका वडा नं.–५ का वडा अध्यक्ष एवं महानगरका प्रवक्ता धनबहादुर नेपालीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले बैंकहरुले उत्पादक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले कृषि क्षेत्रको समृद्धिका लागि बैंकले गरेको सेवा प्रवाह स्वागत योग्य भएको बताए ।

बैंकका निर्देशक आशा राणा अधिकारीले कृषि तथा महिला उद्यमीहरुका लागि बैंकले विशेष कर्जा प्रदान गर्दै आइरहेको बताइन् । उनले गण्डकी प्रदेशमा बैंकका १६ वटा शाखा रहेको र थप विस्तार गर्ने योजना सुनाइन् ।

बैंकका गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोकाले विगत ३७ बर्षदेखि ग्राहकहरुकै विश्वासका कारण नेपालकै अग्रणी बैंक बन्न सफल भएको बताए । बैंकका १ सय ४६ शाखा रहेको र ११ लाख ग्राहक संख्या रहेको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।