पोखरा–२२ को वडाध्यक्षमा गठबन्धनको सरिता बराल सर्वसम्मत


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका–२२ को वडाध्यक्ष पदका लागि गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपालकी सरिता बराल क्षेत्री सर्वसम्मत् उम्मेदवार बनेकी छन्।

गठबन्धनको अन्य राजनीतिक दलमध्ये ४ राजनीतिक दलका प्रत्यासीहरुले उम्मेदवारी फिर्ता लिएपछि सरिता सर्वसम्मत उम्मेदवार बनेकी हुन्।

समाजवादी पार्टी नेपाल कास्कीका अध्यक्ष राजु क्षत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत विज्ञप्ती पोस्ट गर्दै यस्तो जानकारी दिएका हुन्।

क्षत्रीले फेसबुकमा लेखेका छन्, ‘सत्ता गठवन्धन ५ दलहरु मध्ये ४ दलका उमेदवारहरुले पोखरा महानगरपालिका–२२ मा आफ्ना उमेदवार फिर्ता लिएको र जनता समाजबादी पार्टीका उमेदवार मात्र गठबन्धनका तर्फबाट चुनाबी मैदानमा रहेको हुनाले राजनीतिक तवरमा गठबन्धनको सर्बसम्मत उमेदवार सरिता बराल क्षत्री रहेको कुरा स्पष्ट पार्न चाहन्छौ।’

विज्ञप्तीमा क्षत्रीले थप प्रष्ट पारेका छन्, ‘नेकपा एमालेको राजनीतिक हठका कारण नेपालको राजनीतिक प्रक्रिया नै अबरुद्ध हुने अबस्थाबाट यो मुलुकलाई जोगाएर संबैधानिक मार्गमा ल्याउन सफल राजनीतिक दलहरु एकताबद्द भएर लोकतान्त्रिक ब्यबस्थालाई अझ मजबुत बनाउनु सत्ता साझेदार दलको दायित्व हो। यो राजनीतिक दायित्वबाट सत्ता साझेदार दलहरू बिमुख हुने हो भने फेरि एकपटक हाम्रो संबैधानिक प्रक्रियामा काला बादलहरु मडारिने छन। अतः संकिण स्वार्थका लागी गठबन्धनको आजको आवश्यकतालाई कहि कसैले नजर अन्दाज नगरौ।’

‘क्रान्तिकारि भनिने दलभित्रका केही भ्रष्ट नेताले ब्यपारिक घरानियासंगको आर्थिक प्रलोभनमा परि, पोखरा–२२ का प्राकृतिक/ पर्यटकिय महत्वका ठाउँ कब्जा गर्न आफ्ना एजेन्ट अघि सार्नु वडाको दीर्घकालीन हितका लागी घातकसिद्ध हुनेछ,’ क्षत्रीको भनाई छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।