अटेरी उमेद्वार गनेस पौडेलको वर्णमाला सार्वजनिक


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका प्रमुख पदका स्वतन्त्र (अटेरी) उम्मेद्वार गनेस पौडेलकोे वर्णमाला सार्वजनिक भएको छ।

पोखरा लक्ष्य २०७९ कार्ययोजनामा समावेश मुख्य मुख्य बुँदालाई टिपेर पोखराको विकासका लागि गनेस पौडेलको वर्णमाला नाममा सार्वजनिक गरिएको हो।

उम्मेदवार पौडेलको वर्णमालामा कार्ययोजना पत्रमा समावेश क देखि ज्ञ सम्म मुख्य योजनाहरु राखिएका छन्। महानगरीय मोबाइल एप सञ्चालनदेखि सार्वजनिक सम्पत्तिको अतिक्रमण निर्वाचित भएको २ महिनाभित्र छानबिन र कारबाहीको प्रक्रिया अघि बढाउने, महानगरलाई बुटिक सहरको अवधारणा अनुसार सहरी सौन्दर्यका योजना अघि बढाउने लगायतका योजनाहरु छन्।

आफूलाई अटेरी भन्न रुचाउने यो समुहको पोखरा महानगर प्रमुख सहित १० वडाध्यक्ष र ६ वडासदस्य गरि १७ पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ। हाल अटेरी अभियान चुनावी घरदैलोमा टोल टोलमा पुगेको अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले बताए। वडा नम्बर ३, ७, ८ र ९ नम्बर वडामा अटेरीले चुनावी गरदैलो पनि गरि सकेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।