सजिलै शरीरका हाडहरु भाचिने समस्या (ओस्टियोजेनेसिस इम्पर्फेक्टा) बारे जनचेतना फैलाउने दिवस “विसबोन डे” को अवसरमा आज स्वाबलंबन जीवनपद्दति केन्द्र पोखराको आयोजनामा ओ आइ भएर जिबन बाचिरहेका हरुले दैनिक भोग्नु परेका समस्याहरुको बारेमा तथा विसबोन डे को किन मनाइन्छ भन्ने बारेमा अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा स्वाबलंबन जीवनपद्दति केन्द्र पोखराको अध्यक्ष हेम गुरुङ, महासचिब अन्जना के.सी.,ओआइका अभियन्ता खिम लामिछाने काजी तथा उपस्थिति अन्य सहभागीहरुले आफ्नो भनाइहरु राखेका थिए ।
विसबोन डे सजिलै हाड भाचिन शारीरिक अवस्था अस्टियो जेनेसिस इम्पर्फेक्टा (ओआइ) को अन्तराष्ट्रिय जनचेनता दिवस भएको लामिछानेले बताए । “यो अवस्था आमा गर्भवती भए देखी नै बच्चामा हुने गर्दछ, तर कहिले काही बच्चा अली ठुलो भएपछी हाडहरु भाचिन सुरु गर्दछ । आमाको गर्व मै पनि बच्चाको हाड भचिएको पनि पाहिन्छ । यसका ८ वटा प्रकारहरु छन । कोरोना भाइरसको नया नया भेरीएन्ट आए जस्तै यसको पनि १९ वटा प्रकार पुगेको छ । ती ८ प्रकारमा पनि माइल्ड, मोडरेट र सिभिएर हुन्छ । कुनै साह्रै जटिल हुन्छन । जटिल प्रकारको अवस्था भएकाहरुलाई कहिलेकाही बचाउन पनि गाह्रो हुन्छ । जनचेतनाको अभावको करणले कतीपय ब्यक्तिहरुको यो अवस्थाको पहिचान नै हुन नसकी मृत्यु भएको पनि पाहिन्छ । त्यसैले यसबारे जनचेतना जगाउने र पहिचान समय नै होस् भन्ने हेतुले संसार भर अङ्रेजी महिना “मे” को ६ तरिकका दिन संसार भर सजिलै हाड भाचिने अवस्था अथार्थ अस्टियो जेनेसिस इम्पेर्फेक्टा बारे जनचेतनामुलक बिबिध कार्यक्रम गर्ने” गरिएको लामिछानेले जानकारी दिए ।
नेपालको सन्दर्भमा यो अवस्थाबाट पिडित थुप्रै ब्यक्तिहरु भएतापनि पहिचान हुन नसक्दा अकालमा जीवन गुमाउनु र अपाङ्गता भएर जीवन जिउन परेको छ । त्यसैगरी उचित स्याहार सम्भार र ब्यबस्थापन हुन नसकेर साह्रै दुस्ख कस्ट जेल्नु परेको अवस्था छ ।
ओस्टियोजेनेसिस इम्पेर्फेक्टा २०,००० बच्चा जन्मदा एउटामा यो रोग हुन सक्छ भन्ने कुरा अनुसन्धानबाट पत्ता लागेको छ । मुख्य गरी शरीरका बिभिन्न हाडहरु बिना ठुलो चोटपटक भाची रहंन्छन भने सजिलै हाड भाचिने अवस्था भएको हुनसक्ने अनुमान गरिन्छ । साथसाथै आखाको सेतो भाग निलो देखिनु ९ब्लु स्केरा०, कान कम सुन्नु, हात खुट्टाका हाडरु बाङगाटिङगा हुने, अनुहारको आकार त्रिकोणात्मक हुने, छालामा माछाको जस्तो कत्ला देखिने, दातमा समस्या हुने आदी जस्ता यसका लक्षणहरु हुन । हात र खुट्टाका हाडहरु बडी मात्रामा भाचिने गर्दछ । आमाबाबु मध्ये कुनै एकमा यो अवस्था छ भने छोराछोरीलाई सर्न सक्ने सम्भावना ५०५ रहन्छ । नेपालमा यो अवस्थाबाट गुज्रिरहेकाहरुलाई बोक्सी लागेको, देवी देवता लागेको, नाग लागेको भन्दै धामीझाक्री र फुफा गर्ने गरिएको पनि पाहिन्छ । त्यसैले पनि हाम्रो जस्तो देशमा यो समस्या बारे जनचेतना फैलाउन जरुरी देखिन्छ । हरेक बर्ष जनचेतना फैलाउने उदेश्यले को मे ६ को दिन पहेंलो कपडा लगाएर यो समस्या सम्बन्धि बिबिध कार्यक्रमहरु गर्ने गरिन्छ जसलाइ “विसबोन डे” ( Wishbone day) भनिन्छ । शुक्रबार नेपाल लगाएत बिश्वका ९५ भन्दा धेरै देशमा विसबोन डे मनाइएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १४ नेपाली कांग्रेस ईतर पक्षका नेता प्रकाशशरण महतले नेतृत्व…







