पोखरा । नेपालमा सामाजिक सुरक्षा भत्ता(वृद्ध भत्ता) सुरुआत हुँदा अहिलेको नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल सरकारको उपप्रधानमन्त्री थिए । त्यही लोकप्रिय कार्यक्रमका सुरुआतकर्ता नेपालको पार्टी एकीकृत समाजवादीले पोखरा महानगरमा अहिले ज्येष्ठ नागरिक स्याहार केन्द्र बनाइदिने वाचा गरिरहेको छ ।
सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयर उम्मेदवार छन् । आचार्य भन्छन्, ‘ज्येष्ठ नागरिक अनुभव, ज्ञान र सीपका खानी हुन् । उहाँहरुको अनुभव, ज्ञान हस्तान्तरण नगरी सम्भताअघि बढ्न सक्दैन । हामी निर्वाचित भएको १ वर्षभित्रै ज्येष्ठ नागरिक स्याहार केन्द्र स्थापना गर्ने छौं ।’
युवाहरु विदेश र रोजगारीका लागि घरबाहिर रहँदा वृद्धवृद्धाको स्याहारम अहिले समस्या देखिएको छ । यो समस्यालाई समाधान गर्न गठबन्धनले स्याहार केन्द्र बनाउने अवधारणा ल्याएको हो । परिवार, समाज र देशका लागि योगदान गर्ने नागरिकलाई वृद्धावस्थामा वृद्धाश्रम पठाउने प्रवृत्ति रोक्न स्थानीय सरकारले विभिन्न कार्यक्रम ल्याउने उनले सुनाए ।
गठबन्धनमा नेपाली कांग्रेसबाट उपमेयरकी साझा उम्मेदवार कोपिला रानाभाटले वृद्धहरुको उचित स्याहार, उपचारको व्यवस्था गर्दै उनीहरुलाई सरकारको आभास दिइने प्रतिवद्धता गरिन् । पोखरा महानगरमा गठबन्धनका उम्मेदवारहरु मतदातामाझ घरदैलोमा छन् । सत्ता गठबन्धनले आइतबार पोखरामा बृहत आमसभा आयोजना गरेको छ । सभाम गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने तय छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






