बागलुङ । बागलुङको गलकोट नगरपालिकाको प्रशासकीय भवनको जग्गा जोहो गर्न स्थानीयवासीले झण्डै रु ७७ लाखसहयोग गरेका छन् ।
वडा नं ६ को विशेष पहलमा सङ्कलित रु ७६ लाख ९८ हजार नगरपालिकालाई हस्तान्तरण गरिएको वडाध्यक्ष एवं जग्गा व्यवस्थापन समितिका सदस्य नरबहादुर खत्रीले बताए । सोही वडामा पर्ने मजुवा फाँटमा नगरको प्रशासकीय भवन बन्दैछ । यसअघि छ रोपनी जग्गा नगरपालिकाले आफ्नै बजेटबाट किनेको थियो ।
एक रोपनी १२ आना जग्गादाताले निःशुल्क दिएका थिए । यसबाहेकको जग्गा खरिदका लागि स्थानीयवासीबाट स्वेच्छिक रुपमा आर्थिक सहयोग जुटाउन सहयोग अभियान चलाइएको हो । आफ्नो ठाउँमा नगरको केन्द्र बन्ने भएपछि वडाले चलाएको अभियानमा स्थानीयवासी स्वतःस्फूर्तरुपमा जोडिएका हुन् ।
एकै परिवारले रु १० लाखसम्म सहयोग गरेको वडाध्यक्ष खत्रीले बताए । उनी आफैँले पनि चार आना जग्गा निःशुल्क प्रदान गरेका हुन् । यस्तै नन्दलाल गैरेले चार आना, खगराज गैरेले चार आना, इन्द्रमणि गैरेले चार आना, मेघराज रेग्मीले तीन आना, रामप्रसाद कँडेलले दुई आना, यमबहादुर थापाले दुई आना, नन्दकली बुढाथोकीले एक आना र रुद्रबहादुर खत्रीले डेढ आना जग्गा निःशुल्क दिएका छन् ।
दुई वर्षदेखिको प्रयासपछि नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गाको जोहो भएको हो । हाल भाडाको घरबाट सञ्चालित नगरपालिका आउँदो दुई वर्षभित्रैमा आफ्नै भवनबाट चल्नेछ । सुविधायुक्त प्रशासकीय भवन निर्माणका लागि ठेक्का प्रकृया सुरु भएको गनरपालिकाले जनाएको छ ।
भवनका लागि रु २७ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको नगर उपप्रमुख रेणुका काउचाले जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







