, , ,

पोखरा महानगरको मतगणना शुरु, वडा नं १२ को मतगणना हुँदै


     एभरेस्ट आवाज    
     वैशाख ३१ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिकाको वडा नं १२ को मतगणना शुरु भएको छ । शनिबार सम्पन्न स्थानिय तह निर्वाचनको पोखरा महानगरपालिकाको मतगणना केहीबेर अगाडीबाट शुरु गरिएको हो ।

यसअघि बिहान बसेको सर्वदलीय बैठकले दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि दुई घण्टा ढिलो गरी पोखराको शहिद जिल्ला समन्वय समितिको हलमा मतगणना शुरु गरिएको छ । वडा नम्वर १२ मा ४ हजार १८१ मतदाता रहेपनि शुक्रबार भएको निर्वाचनमा २ हजार ८०४ मत खसेको थियो ।

वडा नम्वर १२ को वडाध्यक्षको प्रत्यासीमा नेकपा एमालेका देशभक्त केसी, नेपाली कांग्रेसका सन्तोष बास्तोला, नेकपा माओवादी केन्द्रका गोविन्द प्रसाद घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अमृत आचार्य छन् ।

यस्तै केहीबेरमा पोखरा वडा नम्वर १ कोपनि मतगणनाको तयारी भइरहेको छ ।

पोखरा महानगरका ३३ वटै वडालाई तिन वटा कलस्टरमा विभाजन गरेर मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार वडा नं १ देखि ११, वडा नं १२ देखि २२ र वडा नं २३ देखि ३३ सम्म विभाजन गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।