पोखरा, जेठ २
पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गएरातीसम्म झिनो मतान्तरले अघि रहेका उनले सोमबार विहानसम्म आईपुुग्दा मतान्तर बढाएर ३ सय ६६ पुु¥याएका हुन् ।
हालसम्म १० हजार ५ सय ९० मत गणना सम्पन्न हुँदा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ४ हजार २ सय ४० मत ल्याएर अग्रता बनाएका छन् । उनलाई नेकपा एमालेका कृष्ण थापाले ३ हजार ८ सय ७४ मत ल्याएर पछ्याईरहेका छन् ।
त्यस्तै राप्रपाका शंकर खरालले ५ सय ४९ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २ सय ५१ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् । यसअघि निरन्तर अग्रता लिएकी नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ८८ मतले पछि पार्दै गुरुङले अग्रता लिएकी हुन् । एमालेकी गुरुङले ४ हजार ४ सय ३२ मत प्राप्त गरेर अग्रता लिदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी कांग्रेस उम्मेदवार रानाभाटले ४ हजार ३ सय ४४ मत ल्याएर पछ्याईरहेकी छन् । राप्रपाकी रञ्जना सेनले ५ सय ९ मत प्राप्त गरेकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





