स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा(एमाले)का उम्मेदवार विजयी भएका छन्।
मतगणनाको आज विहान जारी अन्तिम परिणाम अनुसार एमालेका विष्णुबहादुर केसीले नेपाली काँग्रेसका युवराज कुँवरलाई ७६३ मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी बनेका हुन्न।
केसीले ६ हजार ७ सय २२ मत ल्याउँदा कुँबरले ५ हजार ९ सय ५९ मत ल्याए। यस अघिको निर्वाचनमा केसी निर्वतमान गाउँपालिका अध्यक्ष कुँवरसँग पराजित भएका थिए।
उपाध्यक्षमा एमालेकै चन्द्रकला अधिकारी देवकोटाले ६ हजार ६ सय ०८ मतसहित विजयी बनिन्। उपाध्यक्षमा निकटम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमकुमारी गुरूङले ६ हजार १४ मत ल्याइन्।
अन्नपूर्णका ११ वटा वडामध्ये १, ३, ६, ७, ९ र ११ वडामा नेकपा एमाले र २, ४, ५, ८ र १० मा नेपाली काँग्रेसले वडाध्यक्ष जितेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, मंसिर ६ । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा सम्पन्न ‘दोस्रो माछापुच्छ्रे…







