पोखरा स्थित न्यूरोड र चिप्लेढुंगा आउटलेटमा ३ दिने बेबी मीट–२०७९ आयोजना गरिदै


     एभरेस्ट आवाज    
     जेठ ४ गते २०७९ मा प्रकाशित




कास्की । बेबील्याण्डले पोखरा स्थित न्यूरोड र चिप्लेढुंगा आउटलेटमा बेबी मीट–२०७९ आयोजना गर्ने भएको छ । बच्चाहरुको खुशीनै परिवारको खुशी भन्ने मुल मन्त्र सहित नेपालको पहिलो बेबी स्टोर बेबील्याण्डले यहि ५, ६ र ७ गते बेबी मीट–२०७९ आयोजना गर्न लागेको हो ।

बेबी प्रडक्टको क्षेत्रमा २८ बर्ष देखिको अनुभवको आधारमा ग्राहकहरुलाई आफना बच्चाहरुको लागि गुणस्तरीय, उमेर अनुसार उपयोगी सामग्रीको पहिचान र छनोट गर्न सजिलो र ज्ञानबद्र्धक होस भन्ने हेतुले बेबी मीट–२०७९ को आयोजना गरिएको संस्थाका फाउण्डर प्रदिप बर्जाचार्यले बताएका छन् ।

उनका अनुसार भेलामा जन्मेदेखि २ बर्ष सम्मका बालबालिकाहरुको आ आफनो अभिभावक संग सामेल हुनेछन भने सो अवसरमा उक्त बालबलिकाहरुलाई सानो उपहार प्रदान गरीनेछ । साथै सो उमेर समुहका बालबालिकाहरुको लागि उपयोगी बेबी केयरका सामानहरुको प्रयोग, उपयोगीता, साबधानी सम्बधी सचेतना जगाउने जानकारी प्रदान गर्नुका साथैबेबी केयरका सामानहरुको प्रदर्शनी पनि गरिने छ ।

बच्चाहरुको हरेक प्रकारका सामानहरुको बिशेष ब्राण्ड स्टोर बेबील्याण्ड चिप्लेढुंगा, पोखरामा २०५१ साल बैशाख ५ गते स्थापना भई हाल न्यूरोड तथा चिप्लेढुंगा पोखरामा रिटेल स्टोर, सिद्धार्थ चोक पोखरामा प्ले शोरुम तथा बालाजु काठमांडौमा बेबील्याण्डमल अनलाईन अफीस संचालनमा रहेको नेपालको पहिलो र एकमात्र ट्रेडमार्क रजिष्टर्ड यस कम्पनीको ३ दिन सम्म चल्ने बेबी मीट–२०७९ कार्यक्रममा २०५ छुटको ब्यबस्था गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।