पोखरा, जेठ ५
पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर २ हजार ७ सय २० मत पु¥याएका हुन् ।
हालसम्म ५५ हजार २ सय ६७ मत गणना सम्पन्न हुँदा आचार्यले २२ हजार ८ सय ५२ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले २० हजार १ सय ३२ मत ल्याएर पछ्याईरहेका छन् ।
त्यस्तै राप्रपाका शंकर खरालले २ हजार ३ सय ४ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले १ हजार ३ सय १२ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले पुनः अग्रता लिएकी छन् । उनले नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङलाई १ सय ४३ मतले पछि पार्दै पुनः अग्रता लिन सफल भएकी हुन् । नेपाली काँग्रेसकी कोपिला रानाभाटले २३ हजार १ सय ६४ मत ल्याएर पुनः अग्रता लिएकी हुन् भने उनलाई एमालेकी गुरुङले २३ हजार २१ मत ल्याएर पछ्याईरहेकी छन्। उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले २ हजार ९९ मत प्राप्त गरेकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१० भदौ । पोखरा उद्योग वाणिज्य संघले बुधबार भोटेकोशीमा आएको बाढीले पु¥याएको…





