पोखरा १४ मा कांग्रेस भारी मतले अगाडि


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०७९ मा प्रकाशित




पोखरा महानरपालिका वडा नम्बर १४ मा नेपाली कांग्रेसका उम्मेदवारहरु भारी मतसहित अगाडि रहेका छन् । पोखरा–१४ मा कांग्रेसका उम्मेदवारहरु वडाध्यक्षसहित सबै सदस्यमा भारी मतसहित अग्रता लिइरहेका छन् ।

वडाध्यक्षमा कांग्रेसका बोधबहादुर कार्की (बोधराज) १ हजार ६ सय ५६ मतसहित अग्रता लिइरहेका छन् भने उनलाई एमालेका डेलबहादुर गुरुङले ८ सय ७६मत ल्याएर पछ्याईरहेका छन् ।

महिला सदस्यमा कांग्रेसकी दिलमाया गुरुङले १ हजार ४ सय ४० मत ल्याएर अग्रता बनाउँदा एमालेकी सरिता बास्तोलाले ९ सय ३१ मत ल्याएर पछ्याईरहेकी छन् । दलित महिला सदस्यमा कांग्रेसकी तनुजा सार्की (थापा)ले १ हजार ३ सय ५५ मत ल्याएर अग्रता बनाउँदा एमालेकी सिर्जनाकुमारी पोखरेलले ९ सय ५१ मत ल्याएर पछ्याईरहेकी छन् ।

खुल्ला दुई सदस्यमा कांग्रेसका कृष्णहरी काफ्लेले १ हजार २ सय ६९ र एमालेका गोपालप्रसाद सापकोटाले ९ सय २८ मत ल्याएर अग्रता लिएका छन् भने एमालेका मानबहादुर घर्ती ८ सय ७५ र नेकपा माओवादी केन्द्रका शिवराज कँडेलले ७ सय ५६मत ल्याएर पछ्याईरहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।