पोखरा–२१ को सबै पदमा एमाले अगाडी


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं २१ को सबै पदमा फरक मतान्तरले नेकपा (एमाले) ले लिड गरेको छ।

हालसम्म गणना गरिएको २८०४ मतमध्ये वडाध्यक्षमा एमालेले नेकपा (एकीकृत समाजवादी) लाई ५२६ को फरक मतान्तरले लिड गरेको हो।

एमालेले १४६६ मत ल्याउँदा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत, समाजवादी) ले ९४० मत ल्याएको छ। नेपाली काँग्रेसले भने ४५ मत मात्रै पाएको छ।

त्यसैगरि, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदमा पनि एमालेले निकटतम प्रतिद्वन्द्वीलाई दोब्बर मतान्तरले अग्रता कायम राखेको छ।

सार्वजनिक मत परिणाममध्ये महिला सदस्य पदमा एमालेले १४४४ मत ल्याएको छ भने निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) ले ६९२ मत ल्याएको छ। काँग्रेसले ८९ र नेकपा (एकीकृत, समाजवादी) ले ७६ मत ल्याएको छ।

त्यस्तै, दलित महिला सदस्यमा एमालेले १४८८ मत ल्याउँदा नेपाली काँग्रेसले ६१९ मत ल्याएको छ।

खुल्ला सदस्य (१) पदमा एमालेले १४२२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत, समाजवादी) ले ५३७ र काँग्रेसले १२६ मत मात्रै ल्याएका छन्।

त्यस्तै, खुल्ला सदस्य (२) मा एमालेले १४१२ मत ल्याउँदा काँग्रेसले ८८५ र नेकपा –एकीकृत, समाजवादी) ले ११० मत मात्रै ल्याएका छन्।

मेयर पदमा पनि नेकपा (एमाले) का कृष्ण थापाले गठबन्धनका धनराज आचार्यलाई ६ मतको झिनो मतान्तरले अग्रता लिएका छन्। थापाको १२०० मत छ भने आचार्यको ११९४ मत छ।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले काँग्रेसकी कोपिला रानाभाटलाई दोब्बर भन्दा पनि बढीको मतान्तरले लिड गरेकी छन्। गुरुङले १४५४ मत पाउँदा रानाभाटले ७१२ मत मात्रै प्राप्त गरेकी छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।