पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले बाँझो खेत वा बारीमा खेती गर्ने इच्छुक कृषकलाई प्रोत्साहन गर्नका लागि आवेदन माग गरको छ ।
फेदीखोला गाउँपालिकाले एक सुचना जारी गर्दै यस्तो माग गरेको हो । पालिकाले विगत २ वर्षदेखि बाँझो रहेका खेत बारीमा खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न नगद अनुदान प्रदान गरिने जनाएको छ ।
पालिकामा बाँझो जग्गा न्यूनीकरण गर्नका निम्ति विगत दुई वर्षदेखि बाँझो रहेको खेत वारीमा खेती गर्न इच्छुक कृषकलाई यही जेठ २० गतेभित्र सम्वन्धित वडा कार्यालयमा सम्पर्क गर्न प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवि बरालद्वार हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।
पालिकाले बाझो जग्गामा धान, कोदो र दलहन तथा तरकारी खेती गर्ने कृषकलाई अनुदान उपलब्ध गराउने सुचनामा जनाएको छ ।
इच्छुक कृषकले यही २० गतेभित्र निवेदन फारम, आवेदकको नागरिकताको प्रतिलिपी र खेती गर्ने जग्गाको लालपुर्जा, भाडामा लिएको जग्गा भए कम्तिमा ३ वर्षको लागि सम्झौताको प्रतिलिपी पेस गर्न सकिने सुचनामा उल्लेख गरिएको छ ।
पालिकाले धान खेतीका लागि २ रोपनी, कोदो र दलहन तथा तरकारी खेतीका लागि एक रोपनी जग्गा हुनपर्ने पनि सुचनामा भनेको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







