पोखरा-२१ मा एमालेको प्यानल नै विजयी


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर २१ मा एमालेको प्यानल नै विजयी भएको छ। सोमबार अबेर राति सम्पन्न मत गणनामा पोखरा-२१ को वडाध्यक्षमा एमाले उम्मेदवार दीपक प्रसाद सुवेदी विजयी भएका हुन्। बिजयी सुबेदीले २५५३ मत प्राप्त गरे भने पराजित नेकपा एकीकृत समाजवादीका उम्मेदवार पूर्णबहादुर थापाले १८११ मत प्राप्त गरे। महिला सदस्यमा २६६२ मत ल्याएर एमाले उम्मेदवार विजयी हुँदा माअोवादी उम्मेदवारले १२८०, दलित महिला सदस्यमा २७१७ मत ल्याएर एमाले उम्मेदवार विजयी हुँदा कांग्रेस उम्मेदवार ११४५ मत ल्याएर पराजित भए। खुल्ला दुई सदस्यमा एमाले उम्मेदवारले २५८१ र २५८४ मत ल्याएर विजयी हुँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार १०४२ र कांग्रेस उम्मेदवार १६६९ मत ल्याएर पराजित भए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।