कोपिलालाई ३८४६ मतले हराउँदै पोखरा महानगरपालिकाको उपमेयरमा दोहोरिइन् मञ्जु


     एभरेस्ट आवाज    
     जेठ ११ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिकाको उपमेयर पदमा एमालेकी मञ्जुदेवी गुरुङ बिजयी भएकी छन् । उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ३ हजार ८ सय ४६ मतान्तरले पछि पार्दै बिजयी भएकी हुन् । मंगलबार राती सम्पन्न मतगणनामा गुरुङले ६० हजार ५ सय ४६ मत प्राप्त गर्दा ५६ हजार ६ सय ६३ मत प्राप्त गरेकी छन् । उपमेयर पदमा राप्रपाकी रञ्जना सेन (रञ्जु)ले ५ हजार ५ सय ८१ मत प्राप्त गरेकी छन् ।

पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ५ सय १२ मतदाता रहेकोमा वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।