पोखरा महानगरपालिका वडा नं. ३ ले १० जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ।
नवनिर्वाचित वडाध्यक्ष प्रकाशमान उदाससहित वडा सदस्यहरुले शुक्रबार पदस्थापन गर्दै यस्तो निर्णय गरेका हुन्।
वडाभित्रका सामुदायिक तथा निजी विद्यालयसँग समन्वय गरि आर्थिक रुपमा विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ।
आर्थिक अभावमा कोही पनि विद्यार्थी शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको वडाध्यक्ष उदासले बताए।
पोखरा–३ नीलगिरि टोलका प्रसिद्ध परियारलाई माउन्ट अन्नपूर्ण स्कूलमा ७ देखि १० कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था गरिएको उदासले जनाए।
पदस्थापन कार्यक्रममा उदासले आफूले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता व्यवहारिक रुपमा कार्यान्वयन गर्दै जाने स्पष्ट पारे।
कार्यक्रमका प्रजातन्त्र सेनानी केशवराज पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, समाजसेवी अशोक पालिखे, निवर्तमान वडाध्यक्ष रवीन्द्रवहादुर प्रजु, नेपाली काँग्रेस पोखरा–३ का सभापति नारायण उदास, नेकपा माओवादी केन्द्रका अध्यक्ष भीमबहादुर गुरुङ, राप्रपाका मोतीमान शाक्यलगायतले बोलेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







