‘एलपी ग्यास छाडौं, बिजुली जोडौं’ अभियान सञ्चालन गरिने


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०७९ मा प्रकाशित




पोखरा, जेठ १५

सरकारले एलपी ग्यास बिस्थापन गर्ने नीति लिएको छ । सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आज बजेट प्रस्तुत गर्दै सरकारले एलपी ग्यास बिस्थापनको नीति लिएको बताए । त्यसका लागि ‘एलपी ग्यास छाडौं, बिजुली जोडौं’ अभियान सञ्चालन गरिने उनले उल्लेख गरे ।

अर्थमन्त्री प्रभाकरले एलपी ग्यास बिस्थापनका लागि एलपी ग्यास अनुदान क्रमश घटाईने बताए । उनले शुरुमा काठमाडौं उपत्यकाबाट एलपी ग्यासको बिस्थापन गर्दै देशभर पु¥याईने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।