पोखरा, जेठ १५
सरकारले कास्कीको बिरेठाँटीबाट मुस्ताङको मुक्तिनाथसम्म केवलकार सञ्चालन गर्नका लागि सहजीकरण गर्ने भएको छ । सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आज आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै धार्मिक पर्यटकीय क्षेत्र मुक्तिनाथसम्म केवलकार सञ्चालनका लागि नीजि क्षेत्रलाई सहजीकरण गर्ने बताएका हुन् । बजेटमा भनिएको छ,‘कास्कीको बिरेठाँटी–मुक्तिनाथ केवलकार सञ्चालनका लागि नीजि क्षेत्रलाई सहजीकरण गरिनेछ ।’
नीजि क्षेत्रबाट यसअघि नै बिरेठाँटी–मुक्तिनाथ केवलकार सञ्चालन गर्ने तयारी थियो । तर अहिलेसम्म अगाडि बढ्न भने सकेको छैन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १० साउन ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा…





