हराएको तारा एअरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो


     एभरेस्ट आवाज    
     जेठ १६ गते २०७९ मा प्रकाशित




आइतबारदेखि हराएको तारा एअरको नाइन एनएइटी विमान दुर्घटना अवस्थामा फेला परेको छ।

थासाङको मानापाथी हिमालको फेदिस्थित सानोसरे भन्ने स्थानमा दुर्घटना अवस्थामा फेला परेको स्थानीयले सुचना दिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन्।

दुर्घटनाग्रस्त जहाजको अवस्था बुझ्न फिस्टेलको हेली त्यसतर्फ गएको शर्माले जनाए।

स्थानीयले सूचना दिएपछि त्यसतर्फ सेना, सशस्त्र र प्रहरीको टोली त्यसतर्फ गइसकेको शर्माले बताए।

शर्माका अनुसार जहाज पूर्ण रुपमा क्षतिग्रस्त भएको र जहाजका सामान छरपस्ट रुपमा पहाडमा छरिएको छ।

थासाङको मानापाथी हिमालको फेदी नजिकै याकखर्कमा यार्सा टिप्न गएका टोलीले सूचना दिएको शर्माको भनाई छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालले ट्वीटरमार्फत दुर्घटनाग्रस्त जहाज र स्थानको समेत तस्बीर ट्वीट गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।