पोखरामा यामाहाको एफजेडएक्स बिक्री शुरु


     एभरेस्ट आवाज    
     जेठ १८ गते २०७९ मा प्रकाशित




पोखरा । यामाहाको बहु प्रतिक्षित एफजेडएक्स पोखरामा पनि बिक्री शुरु भएको छ । यामाहाको लागि पोखराको आधिकारिक विक्रेता भिएमडब्लूले यामाहाको बहु प्रतिक्षित एफजेडएक्स मोटरसाईकल भित्राएको हो ।

उक्त मोटरसाईकलको बुधबार एक औपचारिक कार्यक्रम गरेर सार्वजनिक गरिएको छ । कार्यक्रममा नाडा अटोमोवाईल्स एशोसियसन अफ नेपालका अध्यक्ष ध्रुब थापा, यामाहाको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्री, युवा उद्यमी मञ्च कास्कीका अध्यक्ष सुयष मल्ल, नेपाल पत्रकार महासंघ कास्की शाखाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार दीपेन्द्र श्रेष्ठलगायतले संयुक्त रुपमा मोटरसाईकल सार्वजनिक गरेका हुन् । सो अवसरमा ८ जना खरिदकर्तालाई बाईकको चावी हस्तान्तरणसमेत गरियो ।

एफजेडएक्स रेट्रो लुक मोर्डन डिजाइनमा निर्माण गरिएको मोटरसाइकल हो । यसमा वल्र्ड स्कुल राउण्ड सेप एलइडी हेड ल्याम्प राखिएको छ । ब्रान्ड न्यू अल डिजिटल कन्सल राखिएको यस मोटरसाईकलमा ब्लुटुथ भेरियन्टसमेत छ । साथै, यसमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको यामाहाको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले जानकारी दिए ।

यसमा १४९.५ सीसी क्षमताको एफआई इन्जिन रहेकाले ७२५० आरपीएममा अधिकतम १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्ने क्षेत्रीले बताए । उनका अनुसार यस मोटरसाईकलमा ५ स्पीडको गियरबक्स छ ।

त्यस्तै यस बाईकको पछाडि मोनोसक सस्पेन्सन, दुबै चक्कामा डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टरलगायतका फिचर पनि उपलब्ध छ ।

कम्पनीले यो मोटरसाइकलको मूल्य ४ लाख २६ हजार ९०० रुपैयाँ निर्धारण गरेको यामाहाका लागि पोखराको आधिकारिक विक्रेता विएमडब्लु पोखराका कार्यकारी अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नाडा अटोमोवाइल्स एशोसियसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले एफजेडएक्स बाईक युवाहरुको लागि उपयुक्त भएकाले पोखरेलीले मन पराउने विश्वास व्यक्त गरे । उनले सवारी साधनहरु नेपालमै उत्पादन गर्नुपर्छ भन्ने सरकारको धारणाप्रति नाडा अटोमोवाईल्स सकारात्मक रहेको बताए । ‘हामी स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने पक्षमै छौं । सरकारको नीति एकदमै राम्रो छ तर यो नीति सरकार फेरिएसँगै फेरिनु भएन । कम्तिमा १० वर्ष यहि नीति रहिरहनु प¥यो । सरकारले यसअघि सवारी साधनलाई विलाशिताको साधनका रुपमा मात्र बुझेको भएपनि यो सरकारले साना सवारी साधनलाई आवश्यक्ताको साधन भनेर व्याख्या गर्नु सराहनीय भएको उनले बताए । ‘शव्दमा ठ्याक्कै आवश्यक्ताको साधन त भनेको छैन तर बजेटले साना र कम सिसीका सवारी साधनलाई आवश्यक्ताको साधनको रुपमा हेरेको छ यो एकदमै सकारात्मक कुरा हो’–उनले भने ।

नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार तथा निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखराजस्तो बढ्दो ट्राफिक जाम, पार्किङको समस्या भएको ठाउँमा एफजेडएक्स बाईक उपयुक्त हुने बताए ।

नेपाल युवा उद्यमी मञ्च कास्कीका अध्यक्ष सुयष मल्लले एफजेड एक्स बाईक युवा पुस्ताका लागि अति नै उपयुक्त बाईक भएको र यसले प्रदुषण घटाउनपनि मद्धत पुग्ने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।