अब मुक्तिनाथ मन्दिरमा क्यू आर कोड सेवा मार्फत भेटी दान गर्न सकिने


     एभरेस्ट आवाज    
     जेठ १८ गते २०७९ मा प्रकाशित




पोखरा । मुक्तिनाथ मन्दिरमा भेटी दान अव डिजिटल माध्यम मार्फत गर्न सकिने भएको छ । प्रभु बैंक र फोन पे को संयुक्त पहलमा बारागाऊँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं .१ मा अवस्थित मुक्तिनाथ मन्दिरमा क्यू आर कोड मार्फत भेटी दान गर्ने प्रणाली सञ्चालनमा ल्याइएको हो ।

मंगलबार मन्दिर प्राङ्गणमा आयोजित एक समारोहका विच नेपाल राष्ट्र बैँक पोखराका प्रमुख डा। राम शरण खरेलले क्यू आर कोड पेमेन्ट सिस्टमको उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैँक पोखराका प्रमुख डा। खरेलले नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाट समग्र आर्थिक कारोबारमा विद्युतीय माध्यम मार्फत सरलता र सहजता आएको बताए । उनले मुक्तिनाथ मन्दिरमा प्रभु बैंक र फोन पे को संयुक्त पहलमा शुरु भएको सेवाले मुक्तिक्षेत्रमा श्रद्धालुहरुका लागि हुने भेटी दानको लागि नगदै बोक्नु पर्ने झण्झट हटेको बताए ।

यस्तै कार्यक्रममा प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले बैंकले सूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै ग्राहकहरुलाई समय सपेक्ष नविनतम् बैंकिङ्ग सेवा प्रवाहमा कटिबद्ध रहेको दावी गरे । उनले बैंकले नगद कारोबालाई क्रमशस् विस्थापित गर्दै डिजिटल भुत्तानीलाई प्रर्वद्धन गर्ने लक्ष्य लिएको बताए ।

बैंकले मन्दिरमा सञ्चालित डिजिटल बैंकिङ्ग सेवा मार्फत भेटी दान तथा आर्थिक सहयोग गर्न भक्तजन तथा चन्दादातालाई अधिकतम् लाभ पुग्ने विश्वास लिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।