मुस्ताङको घरपझोङ गाउँपालिकाले आइतबार समेत सेवा दिने निर्णय गरेको छ।
नेपाल सरकारले शनिबार र आइतबार २ दिन सार्वजानिक विदाको घोषणा गरेपनि मुस्ताङका पालिकाहरुले भने आइतबारको विदा कटौती गरेका हुन्।
घरपझोङको कार्यपालिकाको बैठकले आइतबार समेत सेवा दिने निर्णय गरेको हो ।
बैठकको निर्णयमा भनिएको छ ‘यस गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु तथा स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु र आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु आइतबारदेखि बिहिबारसम्म विहान १० बजेदेखी ५ बजेसम्म र शुक्रबार १० बजेदेखी ३ बजेसम्म कार्यालय समय तोकी कार्यालय खुल्ला राख्ने निर्णय गरियो।’
कार्यापालिकाको बैठकले विपन्न, दलित, अपाङ्ग तथा लक्षित समूहको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






