नेपाल मगर महिला संघको महाधिवेशन पोखरामा आज


     एभरेस्ट आवाज    
     जेठ २२ गते २०७९ मा प्रकाशित




नेपाल मगर महिला संघको ७ औं राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि पोखरामा हुँदै छ।

सामाजिक न्याय र मगर महिला मुक्तिका लागि २०५५ सालमा स्थापित संघको ७ औं महाधिवेशन पोखरा सभागृह हलमा हुनेछ।

मगर संघको जिल्ला कार्यालय पृथ्वीचोक रंगशाला अघिदेखि सांस्कृतिक ¥यालीसहित सभागृहमा आएर महाधिवेशनमा परिणत हुनेछ।

‘नेपाल मगर महिला संघ असोजमा २३ वर्षको पुग्दैछ। यसै परिवेशमा नेपाल मगर महिला संघले आफ्नो सांगठनिक इतिहासमा ७ औँ राष्ट्रिय महाधिवेशन गर्न लागेको हो’ अधिवेशन तयारीबारे शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष बिनिता आलेमगरले भनिन्।

उत्पीडितहरुको पक्षमा आन्दोलनको समिक्षा, आरक्षण बचाउ आन्दोलन समीक्षा, मगरात आन्दोलनको रणनीति, लैङ्गिक हिंसा र समानताको आन्दोलनको रणनीति र विशेषगरी मगर महिलाहरु तेहोरो रुपमा विभेदमा परेको विषयलाई उठान गरि रणनीतिक योजना बनाउनेमा महाधिवेशन केन्द्रीत हुने उनले बताइन्।

उनले भनिन्, ‘जनसंख्याको आधारमा पूर्ण समानुपातिक महिला प्रतिनीधित्वको लागि हाम्रो आन्दोलन सशक्तिकरण र पहिचानको संरक्षण, सम्बद्र्धनको पक्षमा महाधिवेशन केन्द्रित हुनेछ ।’

महाधिवेशनमा सात प्रदेशका ५६ जिल्ला प्रतिनीधि, विदेश शाखा, विदेशका महिला प्रमुख तथा महिला विभाग प्रतिनीधि र पर्यवेक्षक गरि २५० जनाको सहभागिता रहने संघकी महासचिव धनकुमारी रानामगरले जानकारी दिइन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।