यात्रुवाहक बस दुर्घटनामा ९ जनाको मृत्यु, २४ घाइते


     एभरेस्ट आवाज    
     जेठ २२ गते २०७९ मा प्रकाशित




रूपन्देहीको रोहिणी खोलामा जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ।

आज (आइतबार) बिहान ४ः३५ बजे यात्रुबाहक बस पुलबाट खोलमा खस्दा २४ जना घाइते भएका छन्।
यात्रुबाहक बस पुलबाट खोलमा खसेको रुपन्देही प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइतेमध्ये ५ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनीहरुको युनिभर्सल मेडिकल कलेज, भीम अस्पताल र सिद्धार्थनगर सिटी अस्पतालमा उपचार भइरहेको छ।

बसमा ३३ जना सवार रहेको प्रहरीले जनाएको छ। केहीको अवस्था गंभीर रहेको अस्पतालले जनाएको छ। बस पुलको बार बाँचेर खोलमा खसेको हो। दुर्घटनाको कारण खुल्न सकेको छैन।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।