गण्डकी प्रदेशमा आज (सोमबार) मौसममा सामान्य बदली हुनेछ।
प्रदेशको केही स्थानमा छिटफुट वर्षा हुनेछ।
हाल, मौसममा सामान्य बदली भएर केही स्थानमा भारी वर्षा हुनुका साथै केही स्थानमा छिटफुट वर्षा भइरहेको छ।
गण्डकी प्रदेश लगायत प्रदेश १, बागमती प्रदेशका केही स्थानमा सामान्य बदली आएकोले छिटफुट वर्षा भइरहेछ। बाँकी भू–भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यीसहित थोरै स्थानमा दिउँसोदेखि रातिसम्म मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती प्रदेशदेखि पूर्वी भूभागमा मौसम पूर्ण बदली रहेनेछ।
हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार नेपालमा मनसुन सरदर १३ जुनमा भित्रिने भए पनि यो वर्ष आइतबार प्रदेश १ मा भित्रिसकेको छ।
यो वर्षको मनसुन सरदर मितिअघि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको हो। अन्य भू–भागमा पनि केही दिनपछि मनसुन भित्रिने विभागले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






