पोखरालाई क्यास लेस सिटीको रुपमा विकास गरिने


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

पोखरा । पोखरालाई क्यास लेस सिटीको रुपमा विकास गरिने भएको छ । गण्डकी प्रदेश सरकारले पोखरा सहरलाई क्यास लेस सिटीको रुपमा विकास गर्ने भएको हो ।

गण्डकी प्रदेश सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पोखरालाई क्यास लेस सिटीको रुपमा विकास गर्ने जनाएको हो ।

प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भने, ‘प्रदेश राजधानी पोखरामा गरिने आर्थिक कारोबार, नगदको लेनदेन हुने अभ्यासलाई क्रमशः न्यून गर्दै पोखरालाई क्यास लेस सिटीको रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गरिनेछ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।