पृथ्वी राजमार्गमा सडक भासियो, यातायात अवरुद्ध


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०७९ मा प्रकाशित




पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामनजिक सडक सडक भासिएको छ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडक भासिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ।

सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवत–जावतमा संभव नदेखिएको स्थानीयहरु बताउँछन्।

तत्काल मर्मत सम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको सवारी साधनलाई त्यतैतर्फ फर्काइएको तनहुँ प्रहरीले बताएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।