सडकखण्ड भासिएको स्थानमा फेला परेको दुबै शबको पहिचान खुल्यो


     एभरेस्ट आवाज    
     जेठ २८ गते २०७९ मा प्रकाशित




पृथ्वी राजमार्गको आबुखैरेनीस्थित सडकखण्डमा फेला परेको दुबै शबको पहिचान खुलेको छ।

फेला परेको २ शवमध्ये गोरखा जिल्ला छोप्राक घर भइ हाल आँबुखैरेनी गाउँपालिका वडा नं –२ बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुर जिल्ला हेटौंडा नगरपालिका–७ निवासी होमबहादुर भुजेल रहेको तनहुँका प्रहरीले जनाएको छ। दुबै शबको सनाखत समेत भइसकेको प्रहरिले बताएको छ।

गोरखा जिल्ला छोप्राक घर भइ घिमिरे हाल आँबुखैरेनी -२ मा इलेक्ट्रोनिक्स व्यवसाय गर्दै आइरहेका थिए। स्थानीयका अनुसार पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध बनेपछि उनी श्रीमतीलाई लिन भन्दै मोटरसाइकलमा गएका थिए।

भासिएको सडक तल नदीको किनारमा बा १० च ४६७९ नंवरको कार समेत पुरिएको अवस्थामा फेला परेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।