प्रदेशमा भूमि बैंकको सम्भाव्यता अध्ययन गरिने


     एभरेस्ट आवाज    
     असार १ गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकारले भूमि बैंक स्थापनाको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा भूमि बैंक स्थापनाको सम्भाव्यता अध्ययन गर्न बजेट छुट्याएको हो ।

जसका लागि भुउपयोग नीति अनुरुप बाँझो जग्गालाई कृषि कार्यमा उपयोग गर्न प्रदेशमा भूमि बैंक स्थापनाको सम्भाव्यता अध्ययनका निम्ति व्यवस्था मिलाएको अर्थमन्त्री रामजीप्रसाद बरालले बताए । तर बजेट भने खुलाइएको छैन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।