स्थानिय तहको सहकार्यमा विद्यालयमा खुवाईने दीवा खाजा स्थानिय उत्पादनकै हुनुपर्ने


     एभरेस्ट आवाज    
     असार १ गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकारले सरकारी सहयोगमा विद्यालयमा खुवाईने दीवा खाजा स्थानिय उत्पादनकै हुनुपर्ने अनिवार्य गरेको छ ।

गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री रामजीप्रसाद बरालले स्थानिय सरकारको सहकार्यमा विद्यालयमा खुवाईने दीवा खाजा स्थानिय उत्पादनकै हुनुपर्ने अनिवार्य गरिएको उल्लेख गरे ।

उनले यसो गरेर सरकारले स्थानिय उत्पादनको व्यवसायीकरण गर्न खोजेको स्पष्ट पारे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।