लिफ्टिङ खानेपानी आयोजनाको विद्युत महशुलमा सतप्रतिसत छुट दिने घोषणा


     एभरेस्ट आवाज    
     असार १ गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा लिफ्टिङ खानेपानी आयोजनामा लाग्ने विद्युत महशुलमा सतप्रतिसत छुट दिने भएको छ ।


प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा यस्तो घोषणा गरेका हुन् । उनले आगामी आर्थिकबाट विध्यमान लिफ्टिङ खानेपानी आयोजनामा लाग्ने विद्युत महशुलमा सतप्रतिशत सहुलितयको व्यवस्था गरेको बताए ।

यस्का लागि ५ करोड विनियोजन गरिएको उनले बताए । साथै यसबाट दुर्गम ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिकको लागि खानेपानीको सेवा सहज पुग्ने उनले विश्व व्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।