गण्डकी प्रदेशको बजेटः प्रदेशका खेलाडीको बिमा गर्ने योजना


     एभरेस्ट आवाज    
     असार २ गते २०७९ मा प्रकाशित




गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा प्रदेशभित्रका खेलाडीको बीमा गर्ने उल्लेख छ।

अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा सो कार्यक्रम उल्लेख गरिएको हो।

बजेटमा प्रदेशभित्र रहेका प्रादेशिक तथा राष्ट्रिय स्तरका खेलाडीको बीमा गरिने उल्लेख छ। प्रदेशमा साहसिक खेलकुदको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्ने बताइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।