गण्डकी प्रदेश बजेट : खेलकुद पूर्वाधार विकासमा १५ करोड


     एभरेस्ट आवाज    
     असार २ गते २०७९ मा प्रकाशित




गण्डकी प्रदेशको प्रस्तुत बजेटमा ‘एक स्थानीय तह, एक खेल मैदान’ कार्यक्रमलाई बजेटमा निरन्तरता दिइएको छ।

गण्डकी प्रदेशको राजधानी पोखरामा एउटा सुविधासम्पन्न रंगशाला रहेपनि बाँकी जिल्लामा खेलकुद गतिविधिहरु हुन सकेका छैनन्।

गण्डकी प्रदेशमा भलिबल खेलको संभावना भएको प्रदेशका रुपमा लिइन्छ। प्रदेशभित्रका खेल मैदानको निर्माण, मर्मत, संभार, स्तरोन्नती गर्ने बजेटमा उल्लेख गरिएको छ।

प्रदेशभित्र खेलकुद पूर्वाधार विकासका लागि बजेटमा १५ करोड विनियोजन गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।