पोखराका रक्तदाता कृष्णबहादुर थापाले ७० औं पटक रक्तदान गरेका छन्।
पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्थाको २० औँ स्थापना दिवसको अवसरमा बिहीबार रक्तदान गरेसँगै थापाको ७० औं रक्तदान हो।
वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले रक्तदाता थापा र संस्थाका सचिव मिलन श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे। वडाभित्र रहेका संघसंस्थासँग सहकार्य गर्दै सामाजिक स्वास्थ्यमूलक कार्यक्रम गर्दै जाने बताए।
कार्यक्रममा सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले सहकारीमार्फत सामाजिक उत्तरदायित्वका रचनात्मक कार्यक्रमहरु हुनु महत्वपूर्ण रहेको बताए।
संस्थाका सल्लाहकार प्रा.डा.टुमाया घलेले रक्तदानको महत्वबारे आम समुदायले बुझ्नुपर्ने उल्लेख गरिन्।
संस्थाका अध्यक्ष हरिप्रसाद पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष अर्जुनप्रसाद ज्ञवाली, आकस्मिक रक्तदाता समूहका व्यवस्थापक नेत्र ढकाल, वडा सदस्य नन्दराम गिरी, संस्थाका कोषाध्यक्ष डा.छममाया पुन, सहसचिव महेश ज्ञवालीलगायतले धारणा राखे।
वि.सं. २०५८ मा स्थापित सहकारीले आम समुदायको सामुदायिक अस्पताल सञ्चालन सहित बचत तथा ऋणमार्फत १४ करोडको कुल कारोवार गर्दै आएको सचिव मिलन श्रेष्ठले बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







