न्यू ग्यालेक्सीको बास्केटवल उपाधि रक्षा


     एभरेस्ट आवाज    
     असार ४ गते २०७९ मा प्रकाशित




न्यू ग्यालेक्सी छात्रछात्रा बास्केटबलको दुवै उपाधि आयोजक न्यू ग्यालेक्सीले रक्षा गरेको छ।

आयोजक न्यू ग्यालेक्सीको छात्र टिमले लेस्पर पर्वतलाई ८२–४९ ले हराउँदै उपाधि चुम्यो।

त्यस्तै, छात्रातर्फको टिमले मर्दीखोलालाई २०–१६ ले हराउँदै उपाधि चुम्यो।

छात्रतर्फको विजेताले ११ हजार उपविजेताले ६ हजार रुपैयाँ नगद पुरस्कार हात पारेको छ। यस्तै, छात्रातर्फको विजेताले ८ हजार र उपविजेताले ५ हजार रुपैयाँ नगद पुरस्कार हात पारेको छ।

प्रतियोगितामा छात्रतर्फ लेस्परका विपिन पुन र छात्रातर्फ मर्दीखोलाकी सुस्मिता गुरुङ उत्कृष्ट खेलाडी घोषित बने। न्यू ग्यालेक्सीका आशिष छजाली र सदीक्षा पुन हाइस्कोरर बने। प्रतियोगितामा जिल्लास्तरबाट १२ टिमको प्रतिस्पर्धा थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।