आज बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक स्थगित


     एभरेस्ट आवाज    
     असार ५ गते २०७९ मा प्रकाशित




फाइल फोटो

गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ।

आज (आइतबार) देखि बस्ने भनिएको बजेटमाथि छलफल गर्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएकामा सरकारको अनुरोधमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको गण्डकी प्रदेशसभा सचिवालयका सूचना अधिकृत बिष्णुप्रसाद पौडेलले एभरेस्ट आवाजलाई बताएका छन्।

शनिबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा बजेट विनियोजनको किताबसमेत तयार हुन नसकेका अवस्थामा आजदेखि बस्ने भनिएको बैठक स्थगित गर्नेमा दलहरूबीच सहमति जुटेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।