अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व चयनका लागि आज (सोमबार) निर्वाचन हुँदैछ।
आगामी ४ वर्षको एन्फा नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको प्यानल चुनावी कडा प्रतिस्पर्धामा छन्। राजीव पौडेल पनि अध्यक्षका प्रत्यासी छन्।
बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने निर्वाचन हुँदैछ। एन्फाको चुनावमा ८४ मतदाता छन्।
२१ सदस्यीय कार्यसमिति चयनका लागि एन्फाको वैधानिक व्यवस्थाअनुसार जिल्ला फुटबल संघ, विभिन्न श्रेणीका क्लब तथा प्राविधिक संघहरु गरी कुल ८४ संस्थाले मतदान गर्ने पाउनेछन्।
चुनावको लागि अध्यक्ष पदमा ३, वरिष्ठ उपाध्यक्षमा २, चार उपाध्यक्ष पदका लागि ८, १३ खुल्ला सदस्य पदका लागि ३६ तथा २ महिला सदस्य पदका लागि ५ जनाको उम्मेदवारी परेको छ।
जसमा ४८ मध्ये ४४ जिल्लाले मताधिकार पाउँदा सहिद स्मारक ‘ए’ डिभिजन क्लबका १४, ‘बी’ डिभिजनका १४ मध्ये ११, ‘सी’ डिभिजनका १४ मध्ये ९ तथा राष्ट्रिय लिगका लागि छनोट भएरपनि २ वर्षअघिदेखि खेल्न नपाएका ४ क्लबले मताधिकार पाउँछन्। यसै गरी महिला, खेलाडी, प्रशिक्षक र रेफ्री संघले पनि १/१ मताधिकार पाएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






