पोखरा महानगरले ‘बारीदेखि बजारसम्म : गोठदेखि ओठसम्म’ अभियान सञ्चालन गर्ने


     एभरेस्ट आवाज    
     असार ८ गते २०७९ मा प्रकाशित



पोखरा । पोखरा महानगरपालिकाले ‘बारीदेखि बजारसम्म : गोठ देखि ओठसम्म’ अभियान सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाले कृषि उत्पादनको बजारीकरण, मूल्य श्रृंखला र भण्डारण सहयोगका लागि यो अभियान सञ्चालन गर्ने जनाएको हो ।

महानगरपालिकाको बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा कृषि उपज संकलन केन्द्र र कृषि बजार मार्फत स्थानीय कृषि उपज बिक्री बितरण सुनिश्चित गरिने उल्लेख छ ।

त्यस्तै कृषि उपजको उचित मूल्य र बजार पहुँचको लागि कृषि उत्पादन व्यवस्थापन प्रणाली सञ्चालन गर्ने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।