पोखरा महानगरलेपनि भूमि बैंक स्थापना गर्ने


     एभरेस्ट आवाज    
     असार ८ गते २०७९ मा प्रकाशित



पोखरा । पोखरा महानगरपालिकालेपनि भूमि बैंक स्थापना गर्ने भएको छ । पोखरा महानगरपालिकाको बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा भूमि बैंक स्थापना गर्ने उल्लेख छ ।

यसअघि गण्डकी प्रदेश सरकारलेपनि भूमि बैंक स्थापना गर्ने जनाएको थियो । प्रदेश सरकारको नीतिलाई अवलम्वन गर्दै महानगरलेपनि भूमि बैंक स्थापना गर्ने जनाएको हो । महानगरका खाली जग्गा भूमि बैंकमा ल्याएर खेती गर्ने व्यक्ति वा संस्थालाई जग्गा सुनिश्चित गरिने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरपालिकाले ‘एक वडा : एक पशुपन्छी तथा बाली उत्पादन पकेट कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । जस अन्तर्गत कृषि तथा पशुपन्छीजन्य उत्पादनलाई विशिष्टीकरण गर्न अध्ययन गरी कार्यान्वयन गरिने जनाइएको छ ।

महानगरले उच्च मूल्यबाली प्रवर्द्धन विकास र विस्तार गर्ने नीति लिएको छ । साथै कृषियोग्य जमिनको उत्पादकत्व बृद्धि गर्न सिंचाई क्षेत्रको विस्तार, उत्पादन वृद्धिको आधार तयार गरी वर्षै भरी सिचाई सुविधा विस्तार गरिने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।