पोखरा एयरपोर्टदेखि फेवातालसम्मको द्रुतमार्गका लागि सहजीकरण गर्ने


     एभरेस्ट आवाज    
     असार ८ गते २०७९ मा प्रकाशित



पोखरा । पोखरा महानगरपालिकाले पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलदेखि फेवातालसम्मको द्रुतमार्गका लागि सहजीकरण गर्ने जनाएको छ ।

महानगरको बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा विमानस्थलदेखि फेवातालसम्मको द्रुतमार्ग निर्माणका लागि प्रदेश र संघ सरकारसँग आवश्यक सहजीकरण गर्ने जनाइएको हो ।

महानगरपालिकाले पोखराको लामेआहालमा निर्माणाधीन अत्याधुनिक बस टर्मिनलको लागि जग्गा प्राप्ति लगायतका कार्यमा प्रदेश सरकारसँगको सहकार्यमा काम अगाडी बढाइने जनाइएको छ ।

महानगरपालिकाले मध्य पहाडी लोकमार्ग तथा सिद्धार्थ राजमार्ग जोड्न वाइपास रोड तथा पृथ्वी राजमार्गको बैकल्पिक मार्गको रुपमा विरौटा–कोत्रे सडकलाई प्राथमिकता दिई तयारी कार्य सम्पन्न गर्ने नीति लिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।