
आज २३ जुन अर्थात ओलम्पिक दिवस। विविध कार्यक्रम गरी खेलकुद सम्बन्ध संघसंस्था तथा खेलाडी प्रशिक्षकहरुले यो दिवस मनाउदै आएका छन्।
नेपाल ओलम्पिक कमिटीले बिहीबार ‘ओलम्पिक डे’को अवसरमा एनओसी अवार्ड २०२२ कार्यक्रम गर्ने भएको छ। २३ जुन ‘ओलम्पिक डे’को अवसरका कार्यक्रम हुन लागेको हो।
यसक्रममा नेपाली खेलकुदसँग जोडिएको ९ विधामा अवार्ड प्रदान गरिनेछ। कमिटीले यसप्रकारको अवार्ड कार्यक्रम गर्न लागेको यो पहिलो पटक हो र यसलाई निरन्तरता पनि दिने जनाएको छ।
अवार्ड उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कष्ट पुरुष र महिला प्रशिक्षक तथा उत्कृष्ट संघ गरेर ५ विधामा प्रदान गरिनेछ। बाँकी ४ विधा खेल पत्रकारितासँग जोडिएका छन्। त्यसमा उत्कृष्ट पत्रकार प्रिन्ट, मल्टिमिडिया, भिजुअल मिडिया र फोटो पत्रकारिता छन्।
प्रत्येक अवार्डसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार पनि रहेको छ। यसअघि, कमिटीले कक्षपतिको नेतृत्वमा अवार्ड विजेताको चयनका लागि स्वतन्त्र कमिटी गठन गरेको थियो।
त्यसको सदस्यमा विनयराज पाण्डे, पद्मकृष्ण श्रेष्ठ, गोपाल चित्रकार, गोपाल वस्नेत, महेन्द्र विष्ट, देवेन्द्र सुवेदी, किरण वज्राचार्य, गीता शाह, रिता विष्ट, दिपक विष्ट, अश्रेता कार्की चौधरी रहेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।