पोखरा । यमाहा रेजेडआर १२५ सिसीको स्कुटर चालकहरुलाई भिएडब्लु इन्टरप्राइजेजले नयाँ अफर सार्वजनिक गरेको छ ।
यस क्षेत्रमा यमाहाको आधिकारिक विक्रेता भिएडब्लु इन्टरप्राइजेजले ‘यमाहा रेजेडआर १२५ सिसी फोटो कन्टेस्ट’ अफर ल्याएको हो ।
प्रतियोगितामा सहभागी हुन चाहनेले रेजेडआर १२५ सिसीका चालकले आफू र स्कुटरसहितको फोटो यमाहा पोखराको आधिकारिक फेसबुक पेज वा इमेलमा पठाउनुपर्ने म्यानेजर सुरेन्द्र रेग्मीले जानकारी दिए ।
असार मसान्तसम्म प्राप्तबाट फोटोबाट प्रतियोगिताको विजेता घोषित गरिने म्यानेजर रेग्मीले जानकारी दिए ।
प्रतियोगितमा विजेतालाई नगद १० हजार उपविजेतालाई नगद ७ हजार प्रदान गरिने उनले बताए । साथै उनीहरुले ६ महिना इन्जिन आयल सित्तैमा प्राप्त गर्ने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







